Thursday, April 24News That Matters

भब्य मनाए राष्ट्रिय वृक्षारोपण दिवश

कटारी, असार १४ गते । 

उदयपुरको कोपिला सामुदायीक वनका उपभोक्ताले वृक्षारोपण गरेर राष्ट्रिय वृक्षारोपण दिवस मनाएको छ । कटारी नगरपालिका –४ को बन उपभोक्ता समूहले विभिन्न प्रजातिको बोटविरुवा रोपेर दिवस मनाएको हो ।

समूहले करिब १० हेक्टर क्षेत्रमा तारबार कम्पाउण्ड लगाएर गत वर्षदेखि नै वृक्षारोपण गर्दै आईरहेको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवार सव डिभिजन बन कार्यालयका डिएफओ बासुदेव झा , सहायक बन अधिकृत मनोज ठाकुर ,सहयोगी हात हरुको समूह सहास नेपालका कृषि प्राविधिक जयनारायण राई , वडा सदस्य हृदय थिङ्ग लगायतको सहभागीतामा कार्यक्रम गरी वृक्षा रोपण गरिएको थियो ।

समूहले गवुवाको पूर्वतर्पmको खाली बन क्षेत्रमा विभिन्न जातका ७ हजार बढी वृक्षारोपण गरिसकेको समूहका अध्यक्ष हेम राई दिपकले बताउनुभयो । आँप , बर ,पिपल , रक्त चन्दन, मसला लगायतका विभिन्न विरुवाहरु उक्त क्षेत्रमा सरिसकेका छन् । साथै वृक्षारोपणको कार्यलाई पनि समूहले निरन्तरता दिएको छ ।

भविष्यमा उक्त क्षेत्रलाई नै समूहको आयआर्जनको स्रोत बनाउनेगरी सकृय भईरहेको पनि अध्यक्ष राईले बताउनुभयो । वडाध्यक्ष दनुवारले बन संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो । त्यसैगरी डिएफओ झाले आज केहि वर्ष विरुवाको संरक्षण गरे यसैले केहि वर्षमा उपभोक्ताहरुलाई संरक्षण गर्ने बताउनुभयो । कार्यक्रममा उपभोक्ताहरुको समेत सहभागिता रहेको थियो ।सहयोगी हातहरुको समूह सहास नेपालको सहकार्यमा समूहले वृक्षारोपणको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।