Friday, February 7News That Matters

भब्य रुपमा देशै भर धान दिवस मनाईदै

उदयपुर, असार १५ गते । 

१६ औँ राष्ट्रिय धान दिवस देशै भर विभिन्न कार्यक्रम गरी भब्यताका साथ मनारहेको छ । २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो ।

नेपाल कृषीप्रदान देश भएकाले कृषकहरुल्े मुठी खाएर, मानो रोपेर, मुरी उब्जाउने समयमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ दिवस मनाउँदै आएको छ ।

स्थानिय सरकारहरुले खाद्य वस्तु उत्पादनमा बृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमको आयोजना गरि असार १५ लाई भब्यताका साथ मनाउँदै छ । पञ्चेबाजा सहित असारे गित गाउँदै धान रोपेर त उन्नत जातको धान रोपेर दिवस मनाईदै छ ।

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ भन्ने मुल नाराको साथ दिवस भब्य रुपमा मनारहेको छ । नेपाली सामाजले असार १५ लाई दहि चिउरा खाने दिनको रुपमा लिने गर्दछ । यस बेला दहि च्यूरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिएको छ ।

नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि विभागकाको तथ्याङकले देखाएको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाईने विभागको तथ्याङकले देखाएको छ ।