Thursday, May 28News That Matters

भरुवा बन्दुकसहित २ जना पक्राउ

पूर्णपुष्टि, चैत्र ३० गते । 

चौदण्डिगढी नगरपालिकाको राजाराजीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । चौदण्डिगढी नगरपालिका–३ राजारागी निबासी २७ वर्षीय नवराज राई र २६ वर्षीय निर्मल राईलाई हतियारसहित पक्राउ गरेका हुन् ।

भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्ने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका प्रहरी टोलीले शंखास्पद अवस्थामा शुक्रबार राती करिब ९ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए ।

शंखास्पद अवस्थामा फेला पारी सोधपुच्छ गर्दा स्थानीय पदमबहादुर राईको घरमा बन्दुक लुकाई छिपाई राखेको भनेपिछ घर खान्तलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । पदमबहादुर घरमा नभएकाले खोजतलास भईरहेको छ भने पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।