Tuesday, May 5News That Matters

भरुवा बन्दुक सहित एक जना पक्राउ

झापा, साउन २५ गते ।

झापाको हल्दिबारीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । हल्दिबारी गाउँपालिका – ५ को शान्तिसामुदायिक बनबाट गत राती कोताराहाङ राई पक्राउ परेको हो ।

प्रहरी गस्ति टोलीले वन क्षेत्रबाट ६० वर्षीय राईलाई बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याईएको प्रहरीले जनाएको छ ।