
उदयपुर, माघ १ गते ।
नेपालीहरुको एक विशेष महान चाडको रुपमा नाईने माघे शक्रान्ति आदीवासी जनतातीहरुले नयाँ वर्षका रुपमा मनाएका छन् ।
आदिवासी जनजाती किराँत, मगर, थारु लगायतका समुदायहरुले शक्रान्तिालाई नयाँ वर्षको रुपमा र हिन्दू धर्मलम्बिहरुले मर्कर नुहाई पुजा पाठ गरि भव्य रुपमा मनाएका हुन् ।
बहुल जातजाती र बहुल भाषा, धर्म, सस्कार, सस्कृती र पहिचानले भरिएको नेपालमा विभिन्न चाड पर्वहरु मनाउदै आएको छ । त्यहि चाड पर्व मध्येको एक विशेष माघे शक्रान्तिलाई पनि लिईन्छ । यस माघे शक्रान्तिमा आदिवासी जनजातीका विभिन्न समुदायले नयाँ वर्षको रुपमा भब्य मनाउँदै आएका छन् ।
आ–आफ्नै सस्कार र पहिचान झल्काउने मौलिक खानाका परिकारहरु खाने र आफन्त जन सँग नयाँ वर्षको शुभकामना आदान प्रदान गरी भव्य रुपमा मनाउने गर्दछन् ।
किराँत
किराँत समुदायका राई, लिम्बु, सुनुवार लगायत किराँतीहरुको मौलिक खाना कादोको ढिडो (चाखो), सुँगुरको मासु, कुखुराको भुत्ला डढाई चामल सँग बनाईएको परिकार (वाचिपा) गुन्द्रुकको अचार, कोदोको जाँड (वासिम्) लगातका किराँत राई समुदायको मौलिक खानाको परिकार रहेको किराँत राई यायोक्खा जिल्ला समितिको अध्यक्ष विमल किराँतीले बताए ।
यलम्बर राजा (हाङ)ले शासन गरेको साल देखि यले सम्बत मनाउदै किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउदै आएको छ । यलेदुङ ५०७८ वर्ष पुरा भई ५०७९ वर्षमा प्रवेश गरेको अवसरमा किराँतीहरुले विभिन्न कार्यक्रम गरि शुभकामना आदान प्रदान गरेको राईले बताए ।
नयाँ वर्षको अवसरमा आफन्त जनहरु सँग भेटघाट गरि आफ्नै मौलिक खानको परिकार खाने, नयाँ वर्षको शुभकामना आदान प्रदान गरि नाच गान गरेर भव्य रुपमा यलेदुङ मनाउने गरेको राईले बताए ।
विश्वभर छरिएर रहेका किराँत समुदायका किरातीहरुले यलेदुङ नयाँ वर्ष मनाई रहेको छ । गर्त वर्षलाई वर्षको अन्तिम साँझ विभिन्न कार्यक्रम गरि विदाई र नयाँ वर्षको स्वागत गर्दै आफन्त जनमा शुभकामना आदान प्रदान गरि मनाएको राईलेप बताए । पुराना वर्षलाई विदाई र नयाँ वर्षलाई स्वगत गर्ने क्रममा अधिकांश ठाउँमा दिप प्रज्वलन गरी मानाएको राईले बताए ।
मगर
आदिवासी जनजातीहरु मध्येका मगर समुदयाले एक प्रमुख चाड तथा नयाँ वर्षको रुपमा माघे शक्रान्तिलाई मनाउदै आएका छन् । मगर सम्वत् ५०११ वर्षलाई विदाई गरि नयाँ वर्ष ५०१२ को भव्य रुपमा स्वाग गरि आफन्त जन सँग भेटघाट गरि शुभकामना आदान प्रदान गरी मनाएको त्रियुगा नगर मगर कमिटिको अध्यक्ष ज्ञानेन्द्र मगरले बताए ।
नेपालमा धेरै आदिवासीहरु बसोबास गर्ने गर्दछन् । त्यसमा एक मगर समुदाय हो । मगरहरुले मगर सम्बत् ५०१२ को स्वागत गर्दै आफ्नै सस्कार र पहिचान झल्काउने मौलिक खानाको परिकारहरु खाने र आफन्त जन सँग भेटघाट गरि नयाँ वर्षको शुभकामना आदान प्रदान गरि नयाँ वर्ष मनाएको मगरले बताए ।
मगरहरुको मौलिक खानाको परिकारहरु सेल रोटी, गिठ्ठा, भ्यागुर बन तरुल लगातका कन्दमुलको समेत परिकारहरु खाने र आफन्त जन सँग भेट घाट गरि शुभकामना दिने र लिने अनि नाच गान गरि भव्य रुपमा नयाँ वर्ष मनाएको मगरले बताए ।
नयाँ वर्षको रुपमा प्रत्येक माघे शक्रान्तिलाई मनाउदै आएको र माघे शक्रान्तिमा आफ्नै मौलिक परिकारहरु खाने गरेको मगरले बताए । विशेष चाड तथा नयाँ वर्षको रुपमा माघ १ लाई मनाउदै आएको मगरले बताए ।
थारु
भित्रि मधेशमा बसोबास गर्ने आदिवासी जनजाती थारु समुदायको एक विशेष पर्व माघी पर्व तथा नयाँ वर्षको रुपमा माघ १ गतेलाई मनउदै आएका छन् । विभिन्न जात जातीहरुले माघ १ गतेलाई आ–आफ्नै सस्कार अनुसार मनाउने भएपनि थारु समुदायले भने माघी पर्व तथा नयाँ वर्षको रुपमा भव्य मनाउने गरेको त्रियुगा नगरपालिकाको पूर्व उप–मेयर रामबती चौधरीले बताईन् ।
नेपालमा बसोबास गर्ने विभिन्न जातजाती मध्ये आ–आफ्नै सस्कार सस्कृति र पहिचान भएकोले थारुहरुको मौलिक खानका परिकार खाने, कुल देवताको पुजा पाठ गर्ने, आफन्त जन सँग भेटघाट गरि माघि पर्व तथा नयाँ वर्षको खुसी साटासाट गरि भव्य रुपमा मनाएको चौधरीले बताईन् ।
थारुहरुको मौलिक खानाको परिकार तिलको लड्डु, खिचडी, मुराईको लड्डु, अण्डि धानको भात लगायतका मौलिक खानाको परिकार खाने र आफन्त जन सँग भेटघाट गरी पर्वको शुभकामना साटासाट गरी भव्य रुपमा माघी पर्व तथा नयाँ वर्ष मनाएको चौधरीले बताईन् ।
पहिला पहिला नेपालको पश्चिम जिल्लाहरुमा घरमा नोकर राख्ने, निकाल्ने, बस्ने निस्कने जस्ता काम समेत माघ १ गते नै गर्ने चलपनि रहेको चौधरीले बताईन् । तर पूर्वमा त्यस्ता सस्कार नरहेको र माघि पर्व धुमधाम रुपले मनाउने र आफन्त जन सँग भेटघाट गरि खुसी साटासाट गर्ने गरेको चौधरीले बताईन् ।