
उदयपुर, फागुन ७ गते ।
देशै भर विभिन्न कार्यक्रम गरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाई रहेको बेला उदयपुरमा पनि भव्यताका साथ मनाएको छ ।
६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विहान ¥यालिको साथ बजार परिक्रमा गरि साझ दिप प्रज्वलन गरि भव्यताका साथ मनाएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गाईघाटको पिपल चौकमा साँझ दिप प्रज्वलन गरि दिवस मनाएको छ । पिपल चौकबाट सुरु भएको ¥यालिले बजार परिक्रमा गरेका थिए ।
वीर शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा स्वरुप वर्षेनी भव्यताका साथ मनाउदै अमाएको छ । निरङ्कुश शासन प्रणालीका तत्कालिन जहानिया राणा शासन ढाली जनताहरुले विस २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र पाएको थियो ।
त्यहि दिनको सम्झना र सम्मानका लागि राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ । स्वतन्त्र विचार र फरक मतको कदर गर्दै जनताले चुनेका व्यक्तिहरु शसन सत्तामा हुनुपर्ने जस्ता कुराहरुको अधिकार पाएको दिन भव्य कार्यक्रम गरि दिवस मनाएको हो ।
नेपालको ईतिहास हेर्ने हो भने २००७ साल देखि १७ साल, ४७ साल, ३६ साल ६२/६३ सालका घटनाहरुले धेरै परिवर्तन गरेको पाईन्छ । जनताहरुले स्वतन्त्र र आफुले पाउने हक अधिकार लिनको लागि कतिपयले बलिदान दिइ वीर सहिद समेत भएको छ ।