Monday, February 17News That Matters

भव्य मनाए विश्व स्वस्थ्य दिवस

सविता बस्नेत 

उदयपुर

उदपयुरको रानीबासमा विश्व स्वास्थ्य दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता भएको छ ।

त्रियुगा नगरपालिका–१५ रानीबासमा दिवसको अवसर पारेर विभिन्न आमा समुह विच हाजिरी जवाफ प्रतियोगीता भएको हो ।


मानव अधिकार वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरको आयोजनामा वल्र्ड भिजन ईन्टरनेश्लन नेपालको सहयोग र वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको थियो ।

 


कार्यक्रममा वडाका विभिन्न गाउँको ७ वटा आमा समुहले हाजिरी जवाफ प्रतियोगीतामा सहभागिता जनाएको थियो ।  प्रतियोगीतामा आमा समुहका ३/३ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।


महिल स्वास्थ्य सम्बन्धि प्रश्नहरु प्रतियोगीतामा सोधिएका थियो । प्रथमदेखि तृतिय पुरस्कार काँसको विभिन्न खालको करुवा रहेको आयोजकले जनाएको छ ।


त्रिनपा–१५ वडाध्यक्ष निरबहादुर मगरले विभिन्न ठाउँमा भब्य रुपमा मनाईने विश्व स्वास्थ्य दिवस यसपटक आफ्नो वडामा मनाउन पाएकोमा खुसी व्यक्त गरेको छ । स्वास्थ्य नै धन भएकाले सवैले स्वास्थ्यमा ध्यान दिनु पर्ने  वडाध्यक्ष मगरले बताए ।