
पूर्णपुष्टि,वैशाख ५
काठमाण्डौमा भाउजुको हत्या गरेको आरोपमा एक जना युवा पक्राउ परेको छ । काठमाण्डौ महानगरपालिका–१० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको थिए । उनको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको र भाउजुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
