
पूर्णपुष्टि,मंसिर १९
झापाको एक प्लाई उद्योगमा आगजनी हुँदा ३० लाख भन्दा बढीको क्षती भएको छ । बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित नमस्ते प्लाई उद्योगमा आगजनी भएको हो ।
शुक्रबार बिहान सवा ७ बजे विद्युत सर्ट भइ आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार आगजनी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनी, १ नं. प्रदेश विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी र सशस्त्र प्रहरी बेश क्याम्प, शनिश्चरेबाट संयुक्त टोली खटिएको थियो ।
स्थानीय होमप्रसाद घिमिरेको नमस्ते प्लाई उद्योगमा आगलागी हुँदा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार आगो नियन्त्रणमा दमक, भद्रपुर र विर्तामोड नगरपालिकाको दमकल समेत खटिएको थियो । त्यसक्रममा ३ घन्टा बढीको प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।
