
पूर्णपुष्टि, साउन २९
भारतमा एकै दिन ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका छन् भने ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
