
पूर्णपुष्टि, भदौ २०
भारतमा एकैदिन ८७ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै भारतमा संक्रमितको संख्या ४० लाख २० हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको मृत्यु भएको छ ३१ लाख चार हजार भन्दा धेरै निको भईसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा दुई लाख ८८ हजार भन्दा बढी संक्रमित थपिएपछि विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । आठ लाख ७८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएको जनाईएको छ ।
