
पूर्णपुष्टि, भदौ २५
भारतमा एकै दिन ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणबाट १ हजार १ सय ७२ जनाको मृत्यु भएको जनाईएको छ ।
सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ भने २७ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएका मध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७ सय ८४ संक्रमित निको भएका छन् भने ९ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी छन् ।

