Wednesday, May 20News That Matters

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

पूर्णपुष्टि, असोज १७

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । उक्त संक्रमितमध्ये ५४ लाख २५ हजार निको भएका छन् ।