Friday, May 22News That Matters

भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो

पूर्णपुष्टि, भदौ २

भारतमा कोरोना संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७ सय ४३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५५ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ७६ जनाको मृत्यु भएको जनाईएको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार ७ सय ९७ पुगेको छ । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७ सय ८० जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो ।