Friday, May 22News That Matters

भारतमा कोरोना संक्रमित १ लाख ४५ हजार नाघ्यो

पूर्णपुष्टि, जेठ १३ गते ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट भारतमा १ लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख ४५ हजार ३ सय ८० पुगेको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३५ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसबाट ४ हजार १ सय ६७ जना पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ५२ हजार ६ सय ६७ जना कोरोना संक्रमित पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १ हजार ६ सय ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

त्यस्तै तमिलनाडुमा १७ हजार ८२ जनामा संक्रमणमध्ये १ सय १८ जनाको मृत्यु भएको छ । गुजरातमा १४ हजार ४ सय ६० संक्रमितमध्ये ८ सय ८८ मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ८ सय ५९ संक्रमितमध्ये ३ सयको मृत्यु भइसकेको छ ।

पश्चिम बंगालमा ३ हजार ८ सय १६ संक्रमितमध्ये २ सय ७८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ६ हजार ५ सय ३२ जना संक्रमित मध्ये १ सय ६५ जनाको मृत्यु भएको छ । बिहारमा २ हजार ७ सय ३० संक्रमितमध्ये  १३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ६० हजार ४ सय ९१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको जनाइएको छ ।