Friday, July 3News That Matters

भारतमा कोरोना संक्रमित ११ लाख नाघ्यो

 पूणर्पुष्टि, साउन, ५

भारतमा हाल सम्म ११ लाख भन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड(१९)का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै अहिलेसम्म भारतमा  सात लाख ८७ संक्रमित भने निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा तीन लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

यता  मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो ।