Monday, April 27News That Matters

भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

पूर्णपुष्टि, साउन २०

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ ।

कोरोना सङ्क्रमणको हिसाबले भारत विश्वकै अति प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ । त्यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित भएको छ ।

उनले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिनुभएको हो । उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।