Tuesday, June 9News That Matters

भारतले पूर्ण रुपमा बन्द गर्यो टिकटक सहित ५९ ओटा चिनियाँ एप

पूर्णपुष्टि, माघ १३

भारतले अस्थायी रुपमा प्रतिबन्ध मात्र लगाएको  चिनिया एपहरु सँधैका लागि  बन्द गरेको छ । टिकटक सहित ५९ ओटा चिनियाँ एपहरु भारतले सँधैका लागि बन्द गरेको हो ।   बिभिन्न कारणले भारत र चिन बिच अहिले बिवादको बिषयहरु बन्दै गएपछि भारतले यस्तो कदम चालेको हो ।

भारत र चिन बिच सिमा लगाएत लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि चिन संगको सम्बन्धलाई भारतले पर राख्दै आएको छ ।

यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको भारतिय एक मिडियाले जनाएको छ ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ ।