Saturday, May 16News That Matters

भारतले मिचेको नेपाली भु–भाग फिर्ता गर्न कलाकारहरु जुर्मुराए

पूर्णपुष्टि, जेठ ८ गते ।

भारतले मिचेको नेपाली भु–भाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भु–भाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् ।

चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले “हाम्रो माटो“ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भु–भाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका छन् ।

कालाकारहरुले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रासपूर्ण समयमा भारतले मिचेको नेपाली भुमी फिर्ता ल्याउन  “हाम्रो माटो” बोलको देश भक्ति भावको गीत सार्बजनिक गरेको छ ।

यस्तो महामारीको बेलामा समेत भारतले नेपाली भुमि मिच्दै भारतले सडक निर्माण गरे नेपाली माथि गरेको प्रहारलाई गीत मार्फत पोखिएको छ । गीत मार्फत भारतलाई केहि दबाब दिदै नेपालीहरुलाई आफ्नो भु–भाग फिर्ता गर्न आग्रह स्वरुप गीत निर्माण गरिएको कलाकारहरु बताउँछन् ।

विश्व कोरोना भाइरसको महामारीसँग जुधि रहेको अवस्थामा भारतले एकलौटी रुपमा नेपाललाई सुईको समेत नदिई नेपाली भूमि मिचेर बाटो बनाएपछि बिश्वमा छरिएर रहेका नेपालीले आफ्नै तवरले विरोध गरिरहेका छन् । भारतको नेपाल प्रति मिचाह प्रवृत्तिलाई गतिलो झापडको रुपमा गीत ल्याएको जनाएको छ ।

अमृत खातिको शब्द, खाती र राजा राजेन्द्र पोख्रेलको सङ्गीत रहेको गितमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको गितको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ भने सिर्जु अधिकारी युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको छ ।

नेपाल सरकारले हालै नेपालको नयाँ नक्सा जारी गरिसकेको छ । नेपालले आफ्नो पहिचान सहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ ।

जबर्जस्ती हाम्रो भु–भाग मिचिएको छ । हाम्रो भु–भाग फिर्ता गर्न अब हामीले संघर्ष गर्नुपर्ने बेला भएको छ । त्यसैले हामी नेपाली एक हुनको लागि अनुरोध छ भन्छन् एकै स्वरमा गीतका कलाकारहरु । आफ्नो स्वाभिमान रक्षा गर्न समेत सबै एक हुनु पर्ने बेला भएको गीतमा स्वर दिएका बिक्रमजंग शाह बताउँछन् ।