Monday, June 29News That Matters

भारतीय च्यानल बन्द गर्दा आपत्तिजनक अभिब्यक्ति दिने डाक्टरमाथी अनुसन्धान सुरु

पूर्णपुष्टि, असार २७ 

चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानविन थालेको छ ।

अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले  तिवारीमाथि सोधपुछ गरिने जनाएको छ । अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा चल्न सक्छ । त्यो भन्दा पनि अर्को राज्य विरुद्धको अपराध हो ।

विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए । उनीबारे थप छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पतालले जनाएको छ ।

डा. तिवारीले भारतीय दलाले बोल्ने भन्दा पनि गिरेर अभिब्यक्ति दिएको छ । कुरा चिकित्सक जस्तो ब्यक्तिले बोल्ने स्तर त्यस्तो हुँदैन ।

यसअघि पनि भरतपुर अस्पतालमा काम गरेर छाडेका डा. तिवारीले चितवन मेडिकल कलेजमा काम गरेका थिए । सो कलेजमा समेत विवादित बनेका डा. तिवारीले एमडी गरिसके पनि मेडिकल अफिसरमा काम गर्छन् ।