
भदौ ७ गते ।
भारतको पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो निधन भएको हो ।
६६ वर्षीय जेटली लोकसभाका सांसाद पनि हुन् । उनी १५ दिन पहिला अस्पतालमा भर्ना भएको थियो । जेटलीलाई श्वास–प्रश्वास पिडित रहेको सञ्चार माध्यमहरुले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेको थियो । तर स्वास्थ्य अवस्था कमजोर भएको भन्दै आफैले कुनै पनि जिम्मेवारी नलिने जनाएको थियो ।
