Friday, February 14News That Matters

भारतीय बालकको खोलामा डुबेर मृत्यु

झापा, साउन १८ गते । 

झापाको गौरीगंज मामा घर बस्दै आएका भारतीय एक बालक खोलामा डुबेर मृत्यु भएको छ । गौरीगंज गाउँपालिका – ६ तिन टोलीया मामाघर बस्दै आएका भारतको फुबारीया निबासी ६ वर्षीय आकाश महतो खोलामा डुबेर मृत्यु भएको हो ।

महतो स्थानिय गेउरीया खोलामा डुबीरहेका अवस्थामा स्थानियबासीले देखेपछि तत्काल उद्दार गरी उपचारको लागि अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।