Friday, June 19News That Matters

भारत बाट आएका लाखौँ मानिसहरु क्वारेन्टाइनमा छैनन्

पूर्णपुष्टि/चैत्र, १७

नेपालमा कोरोना संक्रमण बाट बच्न र विश्वमा फैलिरहेको अवस्थामा नेपाल भित्र प्रबेशमा रोक लगाउन अहिले देश लक डाउन गरेको अवस्था छ । अहिले यसलाई उच्चसतर्कताको रुपमा नलिने हो भने इटाली स्पेन जस्तो देशमा भएको भयाबहको आधारमा नेपाल अझै जोखिम देखिन्छ । जस्ले गर्दा यसलाइ पहिले नै सतर्कताका साथ रोक्नुको कुनै विकल्प छैन् ।

अझै पनि धेरै मानिसहरु यसलाई चानचुने हिसावले लिरहेका छन् । समाजमा अहिले दुई किसमको मानिसहरु उत्पन्न भएका छन् । जस्मा एक किसिमका मानिसहरुले यसलाई धेरै डराएर सतर्कता अपनाइरहेको छ भने अर्का एक किसिमका मानिसहरु यस्लाई पत्याउने वालै छैनन् जस्का कारण वास्तै गरेका छैनन् यसलाई  सरकारले दुख दिने नियत भन्ने बुझेको छ ।

बास्तावमै यो कुनै दुख दिने नियत नभई भोली नेपाल तहस नहस नहोस भन्ने नै हो अहिले भईरहेको लक डाउनलाई धेरैले टेरेको अवस्था पनि छैन । देश लकडाउनको अवस्थामा पुगेपछि जनताहरुले थुप्रै भौतिक, आर्थिक, सामाजकि हिसावले घाटा बेहोरी रहेका छन् । तर पनि अहिलेको यो विसंम परिस्थितिमा देश र जनताकै लागि लकडाउन अति आवश्यक पनि छ ।

हरेक बाहिर बाट आएका जो कोहि पनि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएपनि भारत बाट आएका लाखौँ मानिसहरु मध्ये क्वारेन्टाइनमा १ हजार पनि नबसेको भन्ने बुझिन्छ । उनिहरु छाडा वस्तु जस्तो बजार पसल र गाउँहरुमा छ्याप्छ्याप्ती कुदिरहेका छन् ।

यो मानिसको सञ्जालबाट सर्ने भएको कारण कुनै पनि मानिसबाट यसले ठुलो रुपलिने अवस्था छ । पूर्व पश्चिम जाहाँ रहे पनि यसको संक्रमण देशैभरी फैलीन कति समय लाग्दैन । त्यही भएर पनि हरेक व्यक्तिहरुले आफु सुरक्षि रहेर अरुलाई पनि सुरक्षित गरी कोरोनालाई पन्छाउन सहयोग गर्नु जरुरी छ ।

भारतको पूर्वपश्चिम नाका बाट धरै नेपालीहरु नेपाल आएका छन् । सतर्कता अपनाउनकै निमित्त त्यस्ता नाकाहरुमा हेल्प डेक्स र देशैभरी क्वारेन्टाइन, आइसोलेसन जस्ता वाडहरु पनि तयार गरिएका छन् । तयार गरिएको क्वारेन्टाइनहरुमा नेपाल प्रवेश गर्ने व्यक्तिहरु बसेका छैनन् ।

कैलालीको गौरिफन्टा नाकाबाट मात्र यो अवधिमा ४२ हजार भन्दाबढी नेपाल भित्रिएका छन् । फागुन २२ गतेदेखि गौरिफन्टा नाकाबाट मात्रै ४२ हजार ५६ जना नेपाल भित्रिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

गड्डाचौकी नाकाबाट भित्रिएकालाई पनि जोड्दा यो संख्या १ लाख ९ हजार ५६ जना पुग्छ । यस्तै बैतडी र दार्चुलाको नाकाबाट पनि हजारौंको संख्यामा नेपाल प्रवेश गरेका छन् । सरकारले अन्तर्रा्ष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन बन्द गरेपछि पनि नेपाल आउने क्रम भने रोकिएको छैन । चोर नाका हुँदै प्रवेश गर्ने क्रम चलिरहेकै छ ।

भारतका विभिन्न ठाउँबाट आएर बुधबार दिउँसोदेखि अलपत्र परेका २०६ लाई शुक्रबार बेलुकी दार्चुलाबाट उद्धार गरियो । यसअघि कैलालीको गौरिफन्टा नाकाबाट ९ सय ९८ जनाको उद्धार गरिएको थियो । उनीहरु पनि क्वारेन्टाइनमा छैनन् ।

स्थानीय तहले क्वारेन्टाइन स्थल बनाए पनि कोही बस्न नमानेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदकाअनुसार आफ्नो क्षेत्रमा मात्र एक हजारभन्दा बढी भारतलगायतका मुलुकबाट भित्रिएका छन् । तर उनीहरुमध्ये २० जना मात्रै क्वारेन्टाइनमा छन् ।

नेपाल अन्य मुलुकहरुको दाजोमा भौतिक पूर्वधार, प्राविधिक ज्ञान, जनशक्ति जस्ता क्षेत्रहरुमा निकै पछि छन् । जस्ले गर्दा यसलाई सक्दो प्रबेशमै रोक लाउनु पर्ने अवस्था छ । नेपालमा केहीलाई संक्रमण्को पोजेटिभ भइसकेको अवस्था रहेपनि केही आशंका गरिएका व्यक्तिहरुको उपचारको क्रममा मृत्यु पनि भइसकेको छ । तर मृत्युको कारण यसै संक्रमाण भन्नलाई रिपोर्ट आइसकेको छैन् ।  जस्ले सबै सचेत बनौँ । एकजनाले गरेको व्यवस्थाले अरुलाई असर नपरोस् अरुको कत्तिपनि क्षति नहोस् ।