Sunday, February 16News That Matters

भिरबाट लडेर एकको मृत्यु

उदयपुर, माघ ११ गते ।

उदयपुरको उत्तरी रौतामाई गाउँपालिकामा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।

गाउँपालिका वडा नं ३ लाफागाउँ स्थित जनता मावि रसुवा स्कुल छेउको भिरालो पाखोबाट लडेर बृद्धको मृत्यु भएको हो ।

गत माघ २ गते विहान छोरीको घर जान्छु भनि घरबाट हिडेका ८४ वर्षीया बुद्धिमान दमाई बाटो हिड्ने क्रममा भिरालो पाखोका बाटोबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।