
ताप्लेजुङ, असा २९ गते ।
ताप्लेजुङको फुरुम्बुमयुममा भिरबात लडेर एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपलिका – १० का फुरुम्बुमयुमको भिरबाट लडेर मृत्यु भएको हो ।
फुरुमबुमयु ससुराली बस्दै आएका फक्तालुङ गाउँपालिका – ४ ईखाबु निबासी ६३ वर्षीय कर्णबहादुर ल्याबुङ ससुरालीबाट गाउँ जाने क्रममा बेपत्ता भएको थियो । बेपत्ता भएपछि खोजि तलास गर्ने क्रममा बाटोदेखि करिब एक सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
भिरबाट लडेर मृत्यु भएका ल्याबुङको शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको प्रहरीले जनाएको छ ।