
ओखलढुङ्गा, असार ३१ गते ।
ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चिसङ्खुगढी गाउँपालिका – ६ निबासी २२ वर्षीय कविता आलेमगर घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
विहान करिब ६ बजे घर नजिकैको जंगलमा घाँस काट्न गएका मगर भिरबाट लडेर गम्भिर घाईते भएकी थिईन् । घाईते मगरको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।