
धनकुटा, भदौ ३ गते ।
धनकुटाको कोर्लाङ भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सहिदभुमि गाउँपालिका – ३ डाँडागाउँ निबासी ३८ वर्षीय अर्जुन राई भिरबाट लडेर मृत्यु भएको हो ।
साँझ साढे ७ बजे घरबाट ससुराली हिडेका राई राती बेरसम्म ससुराली नपुगेपछि खोजतलास गर्ने क्रममा विहान ७ बजे कोर्लाङ भरिमा बाटोदेखि करिब १ सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
