Monday, February 17News That Matters

भिरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बु, असार १३ गते । 

सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका – निबासी ४५ वर्षीइ वाङ राप्के शेर्पाको भिरबाट लडेर मृत्यु भएको हो ।

सानोगुमेला गुम्बावाट घर फर्कने क्रममा एक्कासी बाटोमा लड्दा बाटो देखि करिव २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । भिरबाट लडेका शेर्पाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय शोलुखुम्बुले जनाएको छ ।