
सोलुखुम्बु, फाल्गुन २० गते ।
सोलुखुम्बुमा भिरबाट लडेरर एक जनाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका–८ मासेप निबासी ५५ बर्षीया उत्रमाया राईको लडेर मृत्यु भएको हो ।
स्थानीय मुल्था भिरमा श्रीमानसंग खर काट्न जाने क्रममा सोमबार दिउँसो एक्कासी भिरबाट लडेर राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यो पनि पढ्नुस् ।
https://purnapusti.com/content/11176.html
मोरङको बिराटनगरमा छतबाल डलेर एक जनाको मृत्यु भएको छ । विराटनगर–११ आनन्द मार्ग निबासी ५० बर्षीय सुरेश साहको लडेर मृत्यु भएको हो ।
गत फगुन ८ गते आफ्नै घरको छत सफा गर्ने क्रममा लडेर घाईते भएका साहको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार बुलेका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
