
ताप्लेजुङ, जेठ २३ गते ।
ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिरिजंघा–४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको हो ।
हिजो बिहान ६ बजे घरबाट निगुरे खेतमुनिको भिरतिर घाँस काट्न गएकी खड्गीमाया दिउसो ३ बजेसम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
