Monday, June 29News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

ईलाम, फागुन २१ 

ईलामको सुर्योदयमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको हो ।

ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा गतराती साँढे ८ बजे बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।