Friday, June 26News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

ईलाम, कात्तिक २१ गते । 

ईलामको माई जोगमाईमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । माई जोगमाई गाउँपालिका–५ सोयाङ निबासी ६० वर्षीय टेकबहादुर खड्को मृत्यु भएको हो ।

बुधबार विहान करिब साँढे ९ बजे घाँस काट्न हिडेका खड्का अबेरसम्म  घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरबाट करिब १ सय मिटर पूर्वमा रहेको घर भिर मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ तत्तकाल प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहहरी कार्यालयले जनाएको छ ।