Friday, February 7News That Matters

भिषण बाढी पहिरोले २ जना बेपत्ता

उदयपुर, असार ३१ गते ।

उदयपुरको रौतामाई गाउँपालिका – ७ र ८ को विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि दुई जना बेपत्ता भएका छन् ।

७ नम्बर वडाको घट्टामा छौडिया खोलमा आएको बाढीले बगाई १५ वर्षीय आरयन तामाङलाई बेपत्ता बनाएको छ भने उनको आमा सुनिता भुजेल तामाङ गम्भिर घाईते भएकी छिन् । त्यस्तै ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा करिब ५५ वर्षीया रणमाया रिखाम मगर बेपत्ता भएकी छिन् भने उनको छोरा छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

गत राती करिब १०ः१५ बजे एक्किासी आएको बाढी घरमा पसेपछि बाख्रा, सुंगुर लगायतका पशुचौपायलाई सुरक्षीत स्थानमा सार्ने क्रममा आमा छोरालाई बाढीेले बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको स्थानियले थाहा पाएपछि आमालाई उद्दार गरी उपचारको लागि सिभिल अस्पताल गाईघाट ल्याई थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । बेपत्ता भएको बालकको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रशासन, प्रहरी र पालिकाको टोली घटना स्थल पुगेको छ भने सुरक्षा निकाय सशस्त्र प्रहरी बल ५ न. गण उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त टोलीले खोजी कार्य भई गरीरहेको प्रहरीले जनाउको छ ।

मुर्कुची बजारमा बाढी पस्यो 

गत राती आएको भिषण बाढी मुर्कुची बजारमा पसेको छ । छौडिया खोलाको बाढी बजारमा पशेपछि स्थायनीयबासी त्रासित भएका छन् ।

राती आएको बाढीले खोला किनार आसपास रहेको सार्वजनिक भवनहरु बगाएर पूर्ण रुपमा क्षती पु¥याएको छ भने बस पार्कमा पार्किङ गरेर राखेको एउटा गाडी समेत बगाएको स्थानियले जनाएको छ ।

राती करिब १०ः१५ बजे एक्किासी आएको बाढीले उक्त क्षती गरेको हो । बाढी आएपछि बजारको व्यापारी र स्थानियहरु घार छाडी सुरक्षीत स्थानमा सरेको थियो । बाढीले खोला आसपासको करिब साढे तीन सय घरमा क्षती पु¥याएको पालिकाले जनाएको छ ।