Friday, February 14News That Matters

भीरबाट लडेर एक बालकको मृत्यु

सोलुखुम्बु, साउन १४ गते ।

सोलुखुम्बुको चेल्सीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्येदुधकोशी गाउँपालिका – ४ लुनाम निबासी ११ वर्षीय अरुण विकको भीरबाट लडेर मृत्यु भएको हो ।

दिउँसो साढे २ बजे घर नजिकैको चेल्सी खोलामा बाख्रा चराउने क्रममा चिप्लिएर भीरबाट लडेर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । चिप्लिएर भीरबातट लडेर घाईते भएको विकलाई साथिहरुले घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।