Tuesday, April 21News That Matters

भुल्केमा थप १ सय ५० जना स्थानीयको स्वाप नमुना संकलन

पूर्णपुष्टि, बैशाख ७ गते ।

भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय ५० जा स्थानीयको स्वाप नमुना संकलन गरेको छ ।

१३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई गम्भिर क्षेत्रको रुपमा लिइदै सरकारकै तर्फबाट खटाईएका नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले एक सय ५० जनाको स्वाप संकलन गरेको हो ।

दुई सय ५० जनाको स्वाप नमुना संकलन गर्ने लक्ष्यका साथ आएका नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आज संकलन गर्न बाँकी रहेकाहरुको भोली स्वाप नमुना संलकन गर्ने सुरक्षा अधिकारीले जनाएको छ ।

भुल्के स्थित नेपाली सेनाको १८ नं. वाहीनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाका अनुसार स्वास्थ्यकर्मी टोलीले साँझसम्म संकलन कार्य गरिरहेको छ । स्थानीयलाई चौरीमा लाईन राखेर पालैपालो स्वाप नमुना संकलन गरिएको छ ।

मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको स्वाप परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेश १ कै पहिलो र देशकै ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि स्थानीय सरकार त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रदेश तथा संघीय सांसद, सुरक्षा तथा स्वस्थ्य निकायले छिटो परिक्षणका लागि सरकारसंग माग राखेका थिए । सरकारले यहाँको संवेदनशीलतालाई मध्येनजर गर्दै परिक्षणमा खटाएको हो ।

हिजो र आज गरिएको परिक्षणबाट संक्रमणको अवस्था थाहा हुने र सोही अनुरुप नियन्त्रणको कदम अगाडी बढाइने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । नगरभरीकै नागरिकहरुको परिक्षणका लागि पहल भइरहेको पनि उनले बताए ।

हिजो भुल्के मस्जिद क्षेत्रका ५३ परिवारको एक÷एक जना र संक्रमितसंगका सम्पर्कमा रहेका ७ गरी ६० जना स्थानीय, ५ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मी गरी जम्मा ६९ जनाको स्वाप नमुना प्रदेश सरकारले संकलन गरेको थियो । संकलित नमुना स्वाप विराटनगरस्थित कोशी अस्पताल लगिएको छ । परिवारका बाँकी सदस्यहरुको बाँकी रहेकोमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले अन्यको स्वाप नमुना संकलन गरेको हो ।