Thursday, May 28News That Matters

भोजपुरमा लडेर १ जनाको मृत्यु

भोजपुर, पौष ०२ गते ।

भोजपुरको षडानन्दमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको मृत्यु भएको हो ।

आफ्नै घर छेउको रुखमा चढेर घाँस झार्ने क्रममा बिहान साँढे १० बजे लडेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।