Monday, February 17News That Matters

भोजपुर र झापा फाइनलमा प्रवेश

उदयपुर, जेष्ठ १७ गते ।

उदयपुरमा जारि प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीतामा भोजपुर र झापा फाइनल खेलमा पुगेको छ ।

सदरमुकाम गाईघाट बोक्सेको नयाँबस्तीे खेलमैदानमा संचालित दोस्रो दिनको खेलमा भोजपुर र झापा फाइनल खेलमा प्रवेश गरेको हो ।

झापा १० अङ्क ल्याएर शिर्ष स्थानमा रहेको छ भने भोजपुर ७ अङ्क ल्याएर द्धितिय स्थानमा छ । त्यसै गरि उदयपुरको ६ अङ्क सनुसरीको ५ अङ्क ल्याएको आयोजकले जनाएको छ ।

दोस्रो दिनको खेलमा झापा र सुनसरी विचको खेलमा २३–२५, २५ –२२ र २५–१५ अङ्कले झापाले जितेको थियो भने उदयपुर र भोजपुर विचको खेलमा १७–२५ र १७–२५ को सिधा अङ्कले जित हात पारेको थियो । त्यसै गरि मोरङ र झापा विचको खेलमा २५–८, २६–२८ र २५–१६ अङ्कले जितेको थियो ।

त्यसै गरि भोजपुर र सुनसरी विचको खेलमा २०–२५, २५–८ र २३–२५ को अन्तरले जित हात पारेको थियो भने उदयपुर र झापा विचको खेलमा १६–२५ र २१ २५ अङ्कले जित हात पारको थियो  भने मोरङ र सुनसरी विचको खेलमा २३–२५, २५–२० र २०–२५ अङ्कको अन्तरले जित हात पारेको आयोजक उदयपुर स्पोर्ट क्लवकको अध्यक्ष आशन दाहाले बताए ।

प्रतियोगितामा उदयपुर, भोजपुर, मोरङ, सुनसरी र झापा गरी पाँच जिल्लाका टिमले भाग लिएका छन् । उदयपुर स्पोर्ट क्लवको आयोजना, नगर यवा तथा खेलकुद विकास समितिको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग र संयोजक युवा क्लवको समन्वयमा भएको प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल र ट्रफिले प्राप्त गर्ने छन् । खेलमा उत्कृष्ट सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, हुनेलाई समेत नगद र ट्रफीले पुरस्कृत गरिने जनाईएको छ ।