Thursday, June 18News That Matters

भोलि बिहान १ देखि ७ बजे सम्म त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने

पूर्णपुष्टि,बैशाख ६ । त्रिभुवन विमानस्थल काठमाडौँले बिहिबार बिहिन १ देखि ७ बजे सम्म उडान अवरुद्ध हुने भएको छ । विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले उडान अवरुद्ध हुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

विमानस्थलले सो समयमा उडान गर्ने यात्रुले वायुसेवा कम्पनीसँग सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।