२४ गते देखि सातौँ नरदमुनी गोल्डकप

एस् किराती

पूर्णपुष्टि/चौदण्डिगढी, असोज २० गते ।

उदयपुरको बसाहामा सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप हुने भएको छ ।

चौदण्डिगढी नगरपालिका वडा नं ४ को नारदमुनी रङ्गशालामा बुधबार देखि सातौँ नारदमुनी गोल्ड कप हुने भएको हो ।

बसाहा क्लवको आयोजनामा हुन लागेको सातौँ गोल्डकपमा ८ टिमले खेलमा भाग लिने अयोजकले जनाएको छ ।

बुधबार देखी सुरु हुने गोल्डकपको उद्घाटन खेलमा विराटनगर–११ मोरङ्ग र चर्च ब्वाईज युनाईटेड काठमाण्डौँ विच खेल हुने बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए ।

गोल्डकप असोज २४ बाट सुरु भई ३० गते फाईलन हुने भएको छ । भने प्रथम पुरस्कार गोल्ड म्याडल, प्रमाण पत्र सहित ३ लाख नगद र द्धतिय पुरस्कार गोल्ड म्याडल, प्रमाण पत्र सहित १ लाख ५० हजार नगद रहेको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0