
गाईघाट/असार, १५
भोली देखी १ नं प्रदेश स्तरीय मुख्य मन्त्रि कप लिग प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटवल संघको आयोजना तथा प्रदेश नं १ को संयोजनामा खेल हुने भएको हो ।
१ नं प्रदेशका सबै जिल्लाहरुबाट १४ ओटा टिमहरुले खेल्ले भेनु आयोजक जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले बताए ।
१४ ओटा टिमलाई उदयपुर, धरान र इलाम गरी ३ ओटा स्थानमा खेलाईने छ, जसमा थारुहट रंगशाला उदयपुर, इलाम ठुलो टुंडिखेल ईलाम, र धरान रंगशाला धरान सुनसरीमा खेल प्रतिस्पर्धा हुने अध्यक्ष कार्कीले बताए ।
उदयपुरमा मोरङ, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखल्ढुङगा गरी ५ टिमले खेल्ले छन् । भने सुनसरीमा पनि तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, र सुनसरी गरी ५ टिमले नै खेल्ने छन् । यता इलाममा भने ४ टिमको खेल हुने छ । जसमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ रहेको छ ।
प्रत्ये सेन्टर बाट २ ओटा टिम फाईनलमा पुग्ने छ । फाइनलमा जम्मा ६ ओटा टिमको प्रतिस्पर्धा रहने कार्कीले जनाएको छ । खेलमा तिनै स्थान बाट उत्कृष्ट अंक ल्याउने टिमहरुले फाईनलमा अवसर पाउने छ । उक्त टिमहरुलाई पहिलो र दोस्रो गरी समुह क र समूह ख मा बिभाजन गरी फाइनलमा प्रतिस्पर्धा गराइने छ ।
प्रतिस्पर्धामा उत्कृष्ट÷उत्कृष्ट अंक ल्याउने मध्ये फेरी खेल गराई अंकको आधारमा बिजेता र उपविजेतको छनोट गरिने भएको छ ।
खेलमा प्रथम हुनेलाई रु ५ लाख रुपयाँ नगद प्रदान गरिने छ भने दोस्रोलाई रु ३ लाख नगद राशि प्रदान गरिने छ । साथै तेस्रो, चौँथो, पाँचौ र छैटौ लाई नगद रु ७५ हजारको दरले पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
यस्तै गरी फाइनलमा उत्कृष्ट खेलाडीहरुको लागि १ लाख रुपयाँ पुरस्कार राशि राखिनुका साथै अन्य ६ विधामा २५ हजारका दरले नगद व्यवस्था गरिएको जनाएको छ ।
मोफसल क्लवहरुलाइ व्यवसायीकी करण र खेलाडीलाई खेल बाटै जिविको पार्जनको प्रयास गरेको यो लिग फुटवल खेल जगतमा सहि सदुपयोग हुने आयोजककले आशा राखेको छ ।
भोलीको खेललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्कीले उद्घाटन गर्ने भएको छ ।