
पूर्णपुष्टि, चैत २७ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले भोली र पर्सी सवारी साधन चल्छ भन्ने गलत हल्ला फैलिएको भन्दै त्यस हल्लामा नलाग्न सर्बसाधारणलाई अनुरोध गरेकोछ ।
प्रहरीले अाज साँझ माइकिङ गर्दै गलत हल्लाको पछि लागेर कसैले पनि सवारी साधन सञ्चालन हुन्छ भन्ने भ्रम नराख्न अनुरोध गरेको हो ।
लकडाउनको समयमा कुनै पनि सवारी साधन सञ्चालन नहुने प्रहरीले जनाएको छ । सबैले लकडाउनलाई पूर्ण पालना गरी घरमै सुरक्षित बसिदिन प्रहरीले अनुरोध गरेकोछ ।
