भ्रष्टचारविरुद्ध हस्ताक्षर

गाईघाट–मौलाउँदै गएको भ्रष्टचारको विरुद्धमा हस्ताक्षर अभियान भएको छ । भ्रष्टचार न्युनिकरणको उद्देश्यका साथ उदयपुरमा अधिकारबादी संस्थाहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।
‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिवद्ध रहनेछु’ भन्ने मुलनाराका साथ इन्सेक उदयपुर र मानव अधिकार निगरानी समुहद्वारा भदौ २३ गते हस्ताक्षर संकलन गरिएको हो ।

भ्रष्टचारविरुद्ध शुन्य सहनशिलता कायम राखौँ भन्दै सर्बसाधारणहरुले हस्ताक्षर गरेका थिए । भ्रष्टचारले मुलुक अगाडी बढ्न नसकेको र विकास निर्माणका कामहरु अवरुद्ध भएको भन्दै न्युनिकरणका लागि अभियान गरिएको निगरानी समुहका अध्यक्ष हिमाल खड्काले बताउनुभयो ।

अभियानकै क्रममा जिल्लाको सबैभन्दा ठूलो त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसमेत हस्ताक्षर गराई, हस्ताक्षर संकलित व्यानर पनि बुझाइएको अध्यक्ष खड्काले बताउनुभयो ।

हस्ताक्षर व्यानर बुझाईएपछि मेयर चौधरीले आगामी दिनमा नगर क्षेत्रमा भ्रष्टचारको गन्ध आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनप्रतिनिधिको अभावमा भ्रष्टचार बढेको बताउँदै उहाँले विधीको शासन स्थापित गराउने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: