
उदयपुर, मंसिर २६ गते ।
उदयपुरको गाईघाटमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता मंसिर २८ र २९ गते हुने भएको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ र २९ गते साविक पूर्वाञ्चलमा भएका १६ वटा जिल्लाको व्याडमिन्टन खेलाडीहरुको प्रतिस्प्रधा रहने उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए ।
संघिय संचना पछिको दोस्रो प्रदेश स्तरिय खेलको आयोजना गरिएको सम्मलेनमा कार्कीले बताए । यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता गराईएको कार्कीले बताए । भने प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ ।
खेलमा मेन्स डबल्स खुल्ला, भेट्रान्स् डबल्स (४५ वर्ष माथि), ओमेन्स डबल्स खुल्ला र सिंगल (१७ वर्ष मुनिका)को प्रतियोगीता हुने कार्कीले बताए ।
गत मंसिर १४ र १५ गते भएको जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिताको फाईनल खेल पनि प्रदेश स्तरिय खेल संगै हुने भएको छ । भोटराज राई र बसन्त कटुवालको जोडी र लक्षजंग ठकुरी र लुमीनि कार्कीको जोडी विचमा प्रतिस्प्रधा हुने संघको महासचिव रमेश राईले बताए ।
जिल्ला स्तरिय व्याडमिन्टन खेलको पुरस्कारहरु प्रथम शिल्ड, म्याडल र नगद १५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १० हजार र तृतिय शिल्ड, म्याडल र नगद ८ हजार रहेको राईले बताए ।
विभिन्न प्रतियोगीताको पुरस्कारहरु मेन्स डबल्स खुल्लाको प्रथम शिल्ड, म्याडल र नगद २५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १५ हजार र तृतिय शिल्ड, म्याडल र नगद १० हजार रहेको छ । भने भेट्रान्स डबल्सको प्रथम शिल्ड, म्याडल र नगद २० हजार, द्धितिय शिल्ड, म्याडल र नगद १२ हजार र तृतिय शिल्ड, म्याडल र नगद १० हजार रहेको छ । ओमेनस डबल्स खुल्लाको प्रथम शिल्ड, म्याडल र नगद १४ हजार, द्धितिय शिल्ड, म्याडल र नगद १० हजार र तृतिय शिल्ड, म्याडल र नगद ८ हजार रहेको छ । सिंगलको प्रथम शिल्ड, म्याडल र नगद ५ हजार, द्धितिय शिल्ड, म्याडल र नगद ३ हजार र तृतिय शिल्ड, म्याडल र नगद २ हजार रहेको आयोजकले जनाएको छ ।