
उदयपुर, मंसीर १५ गते ।
“मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसीर २० देखि २९ गतेसम्म गाईघाटमा हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने महोत्सवले १ नं. प्रदेशका दुरदराजमा रहेका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनाई सहयोग पुर्याउने उद्देश्य लिएको अध्यक्ष मधुकर थापाले बताए । शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिदै अध्यक्ष थापाले गतबर्षदेखि बार्षिकरुपमा थालिएको महोत्सवलाई निरन्तरता दिदै यो दोस्रो महोत्सव गरिने भएको हो ।
महोत्सवमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहने जनाइएको छ । स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाको रुपमा उद्यम क्षेत्रलाई लिदै सबै तहका सरकारलाई औद्योगिकमैत्री तथा लगानी मैत्री बनाउनमा महोत्सवको भूमिका रहने बताइएको छ । सबै तहका सरकारले साना उद्योगहरुको विकास र प्रवद्र्धनमा थुप्रै ऐन नियमहरु सुधार गर्न जरुरी रहेको भन्दै नितिगत कुरामा समेत ध्यानाकर्षण गराउन सकिने बताइएको छ ।
महोत्सवलाई भब्यरुपमा सफल पार्न जनप्रतिनिधि, उद्योगी, व्यपारी, ाजनैतिक दल, नागकि समाज, शिक्षक, कर्मचारी, बुद्धिजिवि, विद्यार्थी, पत्रकार सबैको महत्वपूर्ण साथ सहयोग आवश्यक रहेको भन्दै अध्यक्ष थापाले सबैलाई अवलोकन गरी सहभागिता जनाईदिन अनुरोध गरेका छन् ।