Friday, May 22News That Matters

मकवानपुरमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन २९

मकवानपुरमा आज एकै दिन थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हेटौँडा–९ का सात जना, हेटौँडा–५ का चार जना, हेटौँडा–४ का चार जना, हेटौँडा–२ का एक जना, हेटौँडा–१० का एक जना र हेटौँडा–१३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको जनाईएको छ ।

चितवन र काठमाण्डौ घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको जनाईएको छ  ।