
पूर्णपुष्टि/उदयपुर, माघ १ गते ।
नेपालीको पर्व माघे सक्रान्ति हाँसीखुसी मनाउदै गर्दा मदन राईको घरमा भने एकखालको पिर र चिन्ता छाइरहेको छ । स्थायी घर खोटाङ जिल्लाको छितापोखरी भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ मा बसोबास रहेका राईको दुईवटै मृगौला काम नलाग्ने भएको रिपोर्टका कारण उनको परिवारमा आज पर्वकै दिनपनि पिडा र चिन्ता छाएको हो । विरामी राईको मृगौला नै फेर्नुपर्ने अवस्था भएकाले त्यसका लागि ठूलो धनरासी आवश्यक पर्छ, जुन उनको परिवारको वस भन्दा धेरै परको कुरा हो । परिवारको गक्षले नभ्याउने भएपछि अब, खर्च जुट्ने हो की होइन, समयमै उपचार हुन सक्ने हो की होइन, नयाँ जीवन खोजिरहेका मदनले सञ्चोले स्वास फेर्न पाउने हो की हैन, यस्तैयस्तै पिर अनि चिन्ताले सताइरहेको छ ।
अन्य उपचारखर्च जसोतसो परिवारले धानिरहेको र सरकारले पनि सहयोग गरिरहेको छ तर, मृगौला दान मुख्य कुरा भएको छ । परिवारमा श्रीमतीले दिन खोज्दा नमिल्ने भयो । एक बहिनीले पनि दिन खोजेकी हुन् तर, उनको पनि नमिलेपछि अन्तै खोज्नुपर्ने अवस्था आएको जुन खरिदनै गर्नुपर्ने हुन्छ, अर्थात ठूलो रकम आवश्यक पर्दछ । हालसम्म मृगौला दानकारी कोही भेटिएको छैन । खर्चको विषयमा सामान्य चर्चा चल्दा मृगौला खरिद गर्न २० लाखदेखि ३५ लाखसम्म पर्नसक्ने कुरा आइरहेकोछ ।
आरोग्य स्वास्थ्य प्रतिष्ठानले उनको दुबै मृगौला फेल भएको प्रमाणीत गरेको हो । मृगौला रोग विशेषज्ञ डा. अनिल बरालले मृगौगा प्रत्यारोपनका लागि कुन सेन्टरमा जाने हो, कसले मृगौला दान गर्ने हो, कति समयसम्म प्रत्यारोपनका लागि पर्खने हो, यो विरामी र विरामीको परिवारमा भर पर्छ भनेका छन् ।
चिन्ताकाबीच मदनकी श्रीमती र आफन्तजनहरु सहयोगी हातहरुको खोजिमा भौतारिहिडेका छन् । यसैक्रममा गाईघाटमा भेटिनुभएका उहाँहरुले सबैसंग सहयोगको आग्रह गरे । उनीहरुले सामाजिक संस्था किराँत राई यायोक्खा, उदयपुर र आदिबासी जनजाती महासंघ उदयपुरलाई विशेष पहल गरिदिन अनुरोध गरेका छन् । साथै विभिन्न सहयोगी हातहरु, सामाजिक संस्थाहरु, सरकारी तथा गैर सरकारी संघसंस्था, कार्यालयहरुलाईसमेत गुहार्ने बताएका छन् । मदनको दयनीय अवस्था बुझेकाहरुले उनलाई सहयोगको ठूलो खाँचो रहेका बताएका छन् ।
मानिसले बाँच्नु आप्mनो बसको कुरो हैन, किनकी काल अकाट्य हो तर, गरिबी, खर्चको अभावले अकालमै मृत्युवरण गर्नु पक्कै पनि हृदय विदारक कुरा हो । त्यस्तालाई सहयोग गर्नुजस्तो मानवीय धर्म अरु हुनसक्दैन । तसर्थ, सबैले आ आप्mनो ठाउँबाट मदनको जीवन रक्षाका लागि सहयोग गरौं । हाम्रो पनि यहि अपिल छ ।
भिडियो…