
उदयपुर, माघ २१ गते ।
राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको उदयपुरको सदरमुकाम खण्डमा हुदै गरेको निर्माण कार्य मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् ।
त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आजबाट सुरु सडक कालोपत्रेको काम चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र भएपछि स्थानीयले विरोध जनाएका हुन् ।
विगतमा स्थानीयसंग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयको आँखाछल गर्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको हो ।
चुहाडे चोक आसपासमा करिब १५ सय मिटर सडकमा यस्तो हर्कत देखिएको हो । त्यस क्षेत्र बाहेकका ठाउँमा ११ मिटरको काम हुने तर आप्mनो ठाउँमा १० मिटरमात्र भएपछि स्थानीयको चित्त नबुझेको हो । उनीहरुले ११ मिटर नै कालोपत्रे नभए आन्दोलन गर्ने स्थानीय राजश कार्कीले बताए ।
सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम गरेको आरोप स्थानीयको छ । सडक आयोजना र ठेकेदारले जनताबीच पारदर्शी काम नगरेकाले पनि आर्थिक चलखेलको आशंका गरेका स्थानिय बासु थापाले बताए ।
कालोपत्रे ११ वा १० मिटर, कति हो भन्ने प्रश्नमा सडक आयोजनाबाट खटेका इन्जिनियरहरुको स्पष्ट जवाफ छैन भने ठेकेदार कम्पनीका प्रतिनिधिले ११ मिटर नै हुनुपर्ने भएपनि सडकले १० मिटरमात्र कालोपात्रे गर्न निर्देश गरेको जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सन प्रतिनिधि छिरिङ लामाले बताए ।