
भदौ १९ गते ।
मधेश आन्दोलनको बेला सोझासाझालाई ऋण दिएर पाँच गुणा बढीसम्म असुली उल्टै मुद्दा लगाउने सर्लाहीका श्यामकृष्ण साह (परदेशी) पक्राउ परेसँगै करतुत बाहिर आएको छ । ६ महिना लामो मधेश आन्दोलनमा आर्थिक अवस्था सन्तुलन नभएको मौका छोपी सदरमुकाम मलंगवाका साहले स्थानियलाई चक्रवर्ती व्याजको फन्दामा पारेको खुलेको हो ।
२०७२ साल असारपछि ६ महिना भएको मधेश आन्दोलनको बेला छाक टार्ने र औषधिउपचार गराउनेदेखि वैदेशिक रोजगारीमा जानेसम्मलाई साहले ऋणमा फसाएका थिए । त्यसबेला उद्योग–कलकारखाना, बैंक तथा वित्तिय संस्थादेखि दैनिक कामकाजसम्म ठप्प भएको थियो ।
साहले अधिकांश सोझासाझा स्थानियलाई ६ महिना गाडिको मिति राखेर तमसुक बनाएको पाइएको छ । साहको ऋणीमा नेकपाका ईश्वरपुर नगर इन्जार्च योगनारायण धामी पनि परेको छ । आन्दोलनको बेला बुवा विरामी परेपछि बैंकहरु बन्द भएकाले बाध्य भएर साहुकार साहबाट ऋण लिन पुगेको थियो ।
