
पूर्णपुष्टि, फागुन १६ ।
समाज परिवर्तनको पक्षमा उभिदै उदयपुरको त्रियुगा नगरपालिका १२ डिएमगेटकी रौनीयार समाजकी एक मधेसी छोरीले बुवाको क्रियापुत्री बनेर अन्तिम संस्कार गरेकी छिन् ।
उदयपुरमा मधेसी समुदायमा पहिलोपटक छोरीको नाताले उनले यस किसिमको संस्कार अंगाल्दै समाज परिवर्तनको उदाहरण दिएकी हुन् ।
गाईघाट निवासी अनिलकुमार गुप्ताको निधनपछि उनकी छोरी १६ वर्षिया अनु गुप्ताले बुवाको क्रियापुत्री बसेर अन्तिम संस्कार गरेकी हुन् । छोरी अनुले नै आप्mनो जातीय धार्मीक संस्कार अनुरुप बुवालाई दागबत्ती (मुखअग्नी) पनि दिइकी थिइन् । विरामी अवस्थाका ३९ वर्षिय अनिलको हिजो अस्पतालमा निधन भएको थियो । अनु उनकी एक्ली छोरी हुन् ।
मधेसी समाजका अगुवा युवा राजकुमार शर्माका अनुसार समाज परिवर्तनको पक्षमा उभिएर छोरी अनुले आफ्नाे बुवाको क्रियापुत्री आफै बसेकी हुन् । समाज रूपान्तरणकाे याे कदम उदयपुरकाे मधेसी समाजमा पहिलाे भएकाे शर्माले बताउनुभयाे । उनकाे याे कदमलाई रौनियार समाजले स्विकार गर्दै सामाजिक परिवर्तनको नाम दिएका छन् । रौनियार समाजकै अगुवा युवा रुपम अनुरागले समाज परिवर्तनको संज्ञा दिदै अनुले बुवालाई दागबत्ति (मुखअग्नी) दिएको तस्बिर फेसबुकमा पोष्टसमेत गरेका छन् ।
