Thursday, May 28News That Matters

मन्त्रि घिमिरेद्वारा कोरोना संक्रमित क्षेत्रको अनुगमन

पूर्णपुष्टि, बैशाख ११ गते । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केको अनुगमन गर्नुका साथै सरोकारवालाहरुसंग अवस्था बारे बुझेका छन् ।

उदयपुरको सिवाईमा स्वाप संकलनको सिलसिलामा आएका मन्त्री घिमिरे भुल्केसमेत आएर त्यहाँको अवस्था बुझेका हुन् । मन्त्री घिमिरेले प्रदेश १ मै पहिलो घटनाको रुपमा भुल्केमा संक्रमित भेटिएकाले सरकारको यहाँ सरकारका विशेष ध्यान केन्द्रित रहेको बताउनुभयो । नियन्त्रणका प्रभावकारी कदमहरु चालिने उहाँले बताउनुभयो । उहाँले परिक्षणको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउने र १ नम्बर प्रदेशमै विशेष किसिमको कोरोना अस्पताल निर्माणमा सरकार लागेको बताउनुभयो । जिल्ला अस्पताललाई कोरोना अस्पतालको रुपमा विकास गर्नतर्फ विशेष भूमिका खेल्ने बताउनुभयो ।

त्यसक्रममा उहाँले संक्रमित क्षेत्रमा चरणवद्धरुपमा कदम चाली कोरोना नियन्त्रण गरिने बताउनुभयो । भुल्के स्थित मस्जिदमा बसेकाहरु मध्ये सुरुमा १२ जना संक्रमित भेटिएपछि मस्जिद रहेको बस्तिका मानिसहरुको स्वाव संकलन गरिएको हो । त्यहाँ कुल ३ सय ३७ जनाको स्वाव परिक्षणबाट २८ जना पत्ता लागेको हो । चरणबद्ध परिक्षणबाट संक्रमित पत्ता लगाउने र बाँकी अझै खोजी तथा परिक्षणको काम गरिने उहाँले बताउनुभयो । अहिले भुल्केमा भईरहेको कोरोना संक्रमण नियन्त्रणका कदमहरु प्रभावकारी ढंगको देखिएको उहाँले बताउनुभयो ।

मन्त्री घिमिरलाई प्रदेश सांसदहरु विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी लगायत सुरक्षा प्रमुखहरुले भुल्के र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए ।